दमक/दमक –६ स्थित आदर्श समाज सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसर पारेर संस्थाले आज सरसफाइ र रक्तदान कार्यक्रम सम्पन गरेको छ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत दमक देवकोटा चोक देखि शंखधर चोक सम्म सरसफाइ र सस्थाको परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन गरेको छ। रगतको अभाव बिरामिहरुलाइ नहोस भन्ने पबित्र उदेश्य बोकेर रक्तदान कार्यक्रमको आयोजना गरेको सस्थाको अध्यक्ष भरत खातिले बताए ।
संस्थाका अध्यक्ष भरत खातीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी दमक रेडक्रस उप शाखा दमकका रक्तसन्चार प्रमुख सिदार्थ दाहाल ,दमक ६ का वाड सदस्य कमला बस्नेत (खाती )सस्थाका ब्यबस्थापक रुद्र खतिवडा ,सस्थाका स्वास्थ उपसमिति सयोजक भेषराज धमला,लगायतको उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो।
कार्यक्रममा ४३ जाना पुरुष र २ जाना महिला गरि कुल ४५ जानाले रक्तदान गरेको जानकारी ब्यबस्थापक रुद्र खतिवडाले जानकारी दिए।

आदर्श समाज सहकारीले आफनो बार्सिक उत्सबको अवसरमा प्रत्येक बर्ष फरक फरक किशिमको कार्यक्रमहरु गर्दै आइरहेको छ।

Facebook Comments Box