दमक/ बिर्तामोड नगरपालिका ४ जात्रुबाडीका ६१ बर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघेस्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागेर भुईमा लड्दा टाउकोमा चोट लागेर गम्भिर घाईते भएका भट्टराईको उपचारको क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी प्राधिकरणको अनारमनीस्थित केन्द्रमा कार्यरत थिए ।