दमक/ करेन्ट लागेर ताप्लेजुङ मेरिङदेन ४ का रामकुमार लिम्बुको मृत्यु भएको छ । ईटहरी १७ लबिपुर स्थित अंकित बडि ग्यारेजमा मजदुरका रुपमा कार्यरत लिम्बुको कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएको हो ।
४० बर्षीय लिम्बु हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका थिए । लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Facebook Comments Box