दमक/वृटिस काउन्सिल नेपालले वातावरण नियन्त्रण र प्रदुषित वातावरण सम्बन्धिको सचेतनामुलक वृत्त चित्र निर्माण सम्बन्धिको प्रतिस्पर्धामा दमकको झापा मोडल अंग्रेजी माविका बिद्यार्थीले तयार पारेको चलचित्र उत्कृष्ट १५ भित्र पर्न सफल भएको छ । यससंगै सो वृत्त चित्र अब खुल्ला प्रतिस्पर्धामा समावेश भएको छ ।

सो बिद्यालयका बिद्यार्थीले वातावरण प्रदुषणले स्वर्गको जिवनलाई नर्कमा पुरयाउँदछ शीर्षकमा निर्माण गरेको वृत्त चित्र हाल उत्कृष्ट १५ मा परेको र उत्कृष्ट ५ भित्र परेको खण्डमा काउन्सिलबाट पुरस्कृत पनि हुनेछ ।

वृटिस काउन्सिल नेपालले विद्यार्थीहरूलाई अनेकन सीप विकास गराउने क्रममा अत्याधिक मात्रामा बढिरहेको प्रदूषित वातावरणको नियन्त्रण र प्रदुषित वातावरणवाट कसरि वच्ने भन्ने विषयवस्तुलाई समेटेर “ क्यामरा सिक रोड टू Cop 26 “ कार्यक्रम सञ्चालन गरिरहेको छ । मुलुकभरका सयौँ विद्यालयका विद्यार्थीहरूवीच गराइएको सो प्रतिष्पर्धामा परेका १५ भिडियोहरू मध्ये लाईक , कमेन्ट र शेयरको आधारमा उत्कृष्ट ५ का लागि छनौट हुने ब्रिटिस काउन्सिल नेपालले जनाएको छ । बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले वृत्तचित्र अव खुल्ला प्रतिष्पर्धामा प्रवेश गरि सकेका कारण अव सो भिडियोमा लाईक शेयर गरेर वा कमेन्ट लेखेर आम सर्वसाधारणले आफ्नो प्रतिक्रिया जनाउन सक्ने जनाएका छन । उनले सो भिडियोलाई पर्याप्त मत प्रदान गरेर वृटिस काउन्सिलको छनौटमा उत्कृष्ट पाँच भित्र पार्न सहयोग गरिदिनका लागि अपिल समेत गरेका छन ।

 

Facebook Comments Box