दमक/१२ बर्ष अघि दमकमा युवाहरुले सञ्चालनमा ल्याएको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले कारोबारमा आधुनिक प्रविधिको प्रयोग गर्दै संस्थाका सदस्यहरुलाई सहज बनाएको छ । सो संस्थामा प्राप्त सुविधाका कारण संस्थाको कारोबारमा समेत उल्लेख्य प्रगति भएको सोमबार संस्थामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
करिब ६ हजार सदस्य संख्या रहेको यो सहकारी संस्थाले पछिल्लो समय शुरु गरेको एटीएम सेवा देशभरका जुनसुकै ठाउँमा पुगेर पनि लिन सकिने व्यवस्था मिलाइएको संस्थाका प्रवन्ध निर्देशक अरुण भण्डारीले जानकारी दिए । संस्थाको एटीएम जुनसुकै बैंकमा प्रयोग गरेर रकम निकाल्न सकिने उनले बताए ।
संस्थाको बाह्रौं वार्षिक साधारण सभा समेत गत असोज ६ गतेदेखि सञ्चालन गरिएको थियो । सदस्यहरुलाई कोरोना संक्रमण र सरकारका निर्देशनको पालना गर्दै संस्थाको कार्यालयमा आलोपालो उपस्थित गराएर साधारण सभामा सहभागी गराइएको प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए ।

सदस्यको सुविधालाई ध्यान दिदैं प्रदान गरेको एटीएम र क्युर आर कोड मेसिन समेत साधारण सभाको समापनका अवसरमा वितरण गरिएको छ । संस्थाले दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा आज सोमबार औपचारिक कार्यक्रम गरि साधारण सभा समापन भएपनि क्यूआर कोड र एटीएम कार्ड वितरणको प्रकृया निरन्तर चल्ने निर्देशक भण्डारीले बताए ।
यस्तै संस्थाले गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ भन्दा बढि नाफा आर्जन गरेको उनले जानकारी दिए । संस्थाका प्रवन्ध निर्देशक भण्डारीका अनुसार गत आर्थिक वर्षमा ५ करोड २६ लाख ९० हजार रुपैयाँ भन्दा सञ्चालन मुनाफा आर्जन गरेको हो । संस्थामा हाल ६ हजार ४८ सेयर सदस्य रहेको र १२ करोड ९० लाख ४४ हजार ४ सय रुपैयाँ शेयरपूँजी रहेको छ ।
संस्थाले सदस्यहरुलाई सुलभ व्याज दरमा ऋण लगानी गर्दै आएको र उत्पादनमूलक एवम् रोजगार प्रवद्र्धन गर्ने क्षेत्रमा प्राथमिकता दिएको संस्थाका कर्जा प्रमुख इश्वर नेपालले जानकारी दिए ।

 

Facebook Comments Box