ईलाम/ ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट ताप्लेजुङका एक युवकको ज्यान गएको छ । ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपालको मंगलबार राती भएको दुर्घटनामा ज्यान गएको हो ।
प्रहरीका अनुसार मंगलबार राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागि रोकि राखेको अर्को ट्रकका सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।