दमक/ दमक ६ मा सञ्चालित स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारणसभा इकाइगत रुपमा चरणबद्ध कार्यक्रम गरी शनिबार ( आज) सम्पन्न गरेको छ ।
७ वटा इकाइका प्रतिनिधि सदस्यहरुको उपस्थितिमा माइन्यूट प्रमाणिकरणसहित विविध कार्यक्रम गरेर साधारण सभा सम्पन्न गरिएको प्रमुुख व्यवस्थापक कमल घिमिरेले जानकारी दिए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक गणेश ढकाल, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, बचत संघ झापाका अध्यक्ष तुलाराम नेउपाने लगायत सहकारी तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथिमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष रवि केसीको अध्यक्षता रहेको थियो । सभामा अध्यक्ष केसीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना भाईरसको महामारीका कारण लामो समय कारोवार वन्द गर्नु परेको भए पनि ३६ प्रतिशतको हाराहारीमा कारोवार वृद्धी भएको उल्लेख गरे ।

यस अघि ९ असोजबाट इकाई १ को सधारण सभा सुरु गरि १० गते इकाइ २, ११ गते इकाइ ३, १२ गते इकाई ४ झिल्झिले र इकाइ ५ सुरुङ्गा, १३ गते इकाई ६ गौरादह, १४ गते इकाइ ७ उर्लाबारीको सधारण सभा सम्पन्न गरिएको व्यवस्थापक घिमिरेले जनाएका छन । संस्थाले गत असार मसान्त सम्ममा १ अर्ब ८ करोड बढीको वासलात कारोबार सहित २ करोड १८ लाख बढी सञ्चालन आम्दानी गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सभामा लेखा संयोजक शिवकुमार अधिकारीले लेखा प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी भुमिराज पराजुली, पुर्ब सञ्चालक मोहन खतिवडासहित उत्कृष्ट करोबार गर्ने सदस्यलाई सम्मान तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान समेत गरिएको  संस्थाकी सञ्चालक सदस्य प्रेमकुमारी रिजाल ( पुनम)ले जानकारी दिइन ।  कार्यक्रममा सञ्चालक समिति सचिव बुद्धिसागर बरालले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments Box