दमक/दमक ४ स्थित लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं बार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक भएको छ ।


आगामी २४ असोज सम्म वितरण गरिने सो प्रतिवेदन संस्थाका अध्यक्ष बुद्धिलाल धिमालको अध्यक्षतामा प्रमुख अतिथी प्रेम प्रसाद कोइराला धिमाल जाती विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोक बहादुर धिमाल, महासचिव मातृका धिमाल लगायतले संयुक्त रुपमा आज ( शुक्रबार) आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन । प्रतिवेदनमा संस्थाको बार्षिक गतिबिधि तथा आर्थिक कारोबारको विवरणसहित आगामी बर्षको लक्ष्य समेत समेटिएको संस्थाका सचिव मणिराज धिमालले जानकारी दिए । सो अवसरमा संस्थाका नियमित बचत गर्ने उत्कृष्ट बचतकर्ताहरु लोक बहादुर धिमाल, शान्तिमाया धिमाल, गोपाल काफले, नरेश धिमाल,स्नेहा मायालु गौतम र सुशीला विश्वकर्मालाई पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा संगम लिङदम, निशान धिमाल र राजकुमार धिमाललाई पनि सम्मान स्वरुप पुरस्कृत गरिएको थियो । संस्थाका सचिव मणिराज धिमालले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष नेत्रकुमारी धिमालले स्वागत मन्तव्य राखेकी थिइन ।

Facebook Comments Box