दमक/दमक ६ स्थित उद्यम बिकास वचत तथा ऋण सहकारी संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा पुनः चन्द्रा खड्का भट्टराई निर्विरोध निर्वाचित भएकी छन । सहकारीको शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनबाट भट्टराईको नेतृत्वमा ११ सदस्सीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको हो ।

समितिको उपाध्यक्ष रणबहादुर बराईली, सचिवमा विरेन्द्र पोखरेल, सहसचिवमा दिपा अधिकारी र कोषाध्यक्षमा बिमला पोखरेल निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा बालकृष्ण श्रेष्ठ, प्रमिला अधिकारी, पदपराज बराल, जिवनकुमार राई, महेन्द्र प्रसाईं र कमलप्रसाद पोखरेल निर्वाचित भएका छन भने पर्शुराम रिजालको संयोजकत्वमा मैना दाहाल र डिल्लीप्रसाद निरौला सदस्य रहेको लेखा समिति समेत चयन भएको सहकारीका व्यवस्थापक उत्तम राईले जानकारी दिए ।
दमक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने १९ जना सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । त्यस्तै गरी उत्कृष्ट कर्मचारीमा लेखापाल संगिता अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
२ हजार २ सय ५० सदस्य रहेको सहकारीले हाल झापाको गौरादहमा पनि सेवा केन्द्र सञ्चालन गरिरहेको छ भने यसै बर्ष गौरीगञ्ज र कमल गाउँपालिकाको क्याम्पा बजारमा पनि सेवाकेन्द्र सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।