दमक/झापा बाह्रदशी गाउँपालिका निवासी रिता राजबँशीले गायन कला तर्फ पहिलो कोच स्टारको उपाधी जितेकी छन् । उपाधी सँगै उनले उत्तम चियाको तर्फ बाट नगद रु २० हजारको चेक, एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अबसर पाएकी छिन ।


यसैगरी मोरङ रतुवामाईका योगेन ताजपुरियाले फस्ट रनरअपको उपाधी जितेका छन् । उपाधी सँगै उनले पाथीभरा गृल उद्योगका तर्फबाट नगद रु १० हजारको चेक, एउटा गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने अबसर पाएका छन् भने रेशमीका राजवँशीेले सेकेन्ड रनरअप को उपाधी जितेकी छन् । उनले उपाधीसँगै अमन्तिका फोटो स्टुडियोको तर्फबाट नगद रु ५ हजार सहित एउटा गीत गर्ने र म्युजिक भिडियो बनाउने अबसर पाएकी छन् । बिन्दास राजवँशीले कोच स्टारको तेस्रो रनरअपको उपाधी जितेका छन् । उपाधी सँगै उनले गौरीया प्राबिका तर्फबाट नगद रु २ हजार ५ सय, शक्ति ईन्टरलकका तर्फ बाट रु ५ हजार र गीतकार गोपाल राजवंशीका तर्फबाट एउटा गीत रेकर्ड गर्ने अबसर जितेका छन् ।गौरीगञ्ज दर्पणबाट

 

Facebook Comments Box