दमक/दमक नगरपालिकामा उपभोक्ता सचेतनाको स्तरबारे थाह पाउन सर्वेक्षण गरिएको सम्पन्न भएको छ । उपभोक्ता हित संरक्षण मञ्चले दमक भित्रका उपभोक्ताहरुको सचेतना स्तरका बारेमा सर्वेक्षण सम्पन्न गरेको हो । नगरपालिकासँगको समन्वय र द एशिया फाण्डेशनको सहयोगमा सर्वेक्षण गरिएको हो ।
सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन हालै सार्वजनिक गरिएको छ । दमक नगरपालिकामा आयोजित कार्यक्रममा मञ्चका केन्द्रिय सचिव श्रृङ्गऋषी काफ्लेले सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै नगरपालिका समक्ष पेश गरेका हुन । सर्वेक्षणको नतिता अनुसार ४९.१३ प्रतिशतले अझै पनि ढक तराजूको साटो ढुंगा वा अन्य सामाग्री प्रयोग हुने गरेको बताएका छन् । यस्तै ९६ प्रतिशत उपभोक्ताले तौलमा ठगी हुने गरेको पनि गुनासो गरेका छन् । मञ्चले विभिन्न सुचक तय गरि सर्वेक्षण गरेको हो ।
नगरउपप्रमुख गीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दर्ता भएका सवै पसलहरुमा प्रमाणीत ढक तराजू मात्र प्रयोग हुने गरेको बताउँदै कतै अन्य सामाग्री पनि प्रयोग भएको पाईए विस्थापन गर्न तयार रहेको बताए ।
यस्तै दमक नगरपालिकाको बजार अनुगमन समितिका संयोजक तथा वडा नं. ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेलले सर्वेक्षण गरे यता उपभोक्ता सचेतना स्तरमा धेरै सुधार गरिएको बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख रोमनाथ ओली तथा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले सर्वेक्षणको नतिजा अनुसार सुधार गर्नु पर्ने ठाउँमा सुधार गर्न तयार रहेको बताए ।
यस्तै मञ्चका प्रदेश १ का उपाध्यक्ष एवम् दमक नगर समिति अध्यक्ष डा. नविन चापागाँईले उपभोक्ता सचेता स्तर अभिवृद्धीका लागि मञ्च क्रियाशिल रहेको भन्दै सर्वेक्षणको नतिजाका आधारमा नगरपालिकाले आगामी कार्यक्रमहरु तय गर्ने विश्वास व्यक्त गरे ।

Facebook Comments Box