दमक/ माङ्सेबुसङ गाउँपालिका ६ स्थायी घर भई दमक ७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलमा अध्ययनरत छात्रा नुमा राईलाई द भ्वाइस किडस नेपाल २०७८ मा जिताउन माङसेबुङबासी र बिद्यालय परिवारले आग्रह गरेका छन । नुमा राईलाई जिताउन अभियान समिति पनि गठन गरिएको छ । माङ्सेबुङ गाउँपालिकाका अगुवा धनजित रुङ्माङ राईको अध्यक्षतामा ३५ सदस्यीय अभियान समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा दिवस राई, सचिवमा सुसन राई, सहसचिवमा अतित योङ्हाङ, कोषाध्यक्षमा सुजता राई, सदस्यहरुमा हेमन्त माकृहाङ राई, निशेष राई, बम बहादुर राई, तुफान राई, रमेश राई, विनोद नेम्बाङ, कमल बहादुर कार्की, सुदिप राई, जगत कोयु, सुशिल राई, देशराज नेम्बाङ लगायत रहेका छन् ।
यस्तै अभियानको सदस्यमा कोरियाबाट तगेन्द्र राई र दिपराज कोयु राई, जापानबाट निशान कोयु, सेमिहाङ्मा एवाई र सकुन्तला राई, अमेरिकाबाट खड्ग खालिङ, सेफिया कोयु, बेलायतबाट रामकुमार चाम्लिङ, रेखा पुलामी र रामचन्द्र राई, साउदी अरबबाट रामकुमार राई (राना कान्छा) रहेका छन् । यस्तै, मलेसियाबाट आईन्द्र प्रकाश योङ्हाङ, दुबईबाट महेन्द्र बार्ताम, कतारबाट प्रमोद कोयु, हङकङबाट पवित्र कोयु र वशन्त राई, जर्मनीबाट प्रमोद एवाई, पोर्चूगलबाट सुजत चाम्लिङ, अष्ट्रेलियाबाट निलिमा कोयु राई रहेका छन् ।
यस्तै माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र ईदिङ्गोको संयोजकत्वमा उपाध्यक्ष सुनिता सुब्बा सहितको १७ सदस्य एक सल्लाहकार समिति समेत गठन गरिएको गठित समितिका सचिव सुसन रुङ्माहाङ राईले जानकारी दिए ।
राईलाई भोट गरि जिताउन आर्थिक संकलनका लागि प्रभु बैंक दमक शाखामा समितिका संयोजक धनजीत राई र कोषाध्यक्ष सुजाता राईको नाममा सुजाता राई खाता न. ०११०१९५८८९५०००१२ प्रभु बैंक ) मा समेत रकम जम्मा गरि सहयोग गर्न सकिने समितिका संयोजक राईले बताए । त्यसैगरी दमक ७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलले पनि उनलाई जिताउन आवश्यक भोट गरिदिन तथा आर्थिक सहयोग गरेर प्रतिभाको सम्मान गरिदिन संस्थापक प्रिन्सिपल एलडी राईले आग्रह गरे ।

Facebook Comments Box