दमक/झापाको मेचीनगर ७ पिपलचोकमा गएराती आगलागीका क्रममा सिलिण्डर ग्याँस पडकिदा एक जनाको मृत्यु हुनका साथै १२ जना घाईते भएका छन । मेचीनगर–७ पिपल चोकमा केशब पाठकको घरमा राती करिब पौने १० बजे भएको सो घटनामा मेचीनगर–८ का ४५ बर्षिय सारद राजवंशीको मृत्यु भएको हो । उनलाई घटनास्थलबाट जलेको अवस्थामा तत्काल धुलाबारीस्थित एक मेडिकलमा पुरयाउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनामा सोही ठाउँका ४० बर्षिय लेखनाथ तिमल्सिना , बिर्तामोड ९का २९ बर्षिय गोविन्द प्रसाद राजवंशी, वडा नं ७ का ३२ बर्षिय दिपेन्द्र कार्की ३८ बर्षिय चन्दन गौतम, ४० बर्षिय सुबलाल राजवंशी ३५ बर्षिय विनोद गिरी ३५ बर्षिय नवराज श्रेष्ठ २३ बर्षिय सन्देश बोहोरा , ४० बर्षिय भवानी संकर न्यौपाने मेचीनगर ८ का ३४ बर्षिय हरि वि.क, ३६ बर्षिय निर्मल शर्मा र अर्जुन अधिकारीकी छोरी ८ बर्षिया शुशीला अधिकारीको उपचार भइरहेको जनाइएको छ ।

 

Facebook Comments Box