तेह्रथुम / यतिबेला बिवाहको मौसम छ । बिवाह सम्बन्धिका धेरै रोचक कुराहरु सुन्न र देख्न सकिन्छ । डोली चढाएर बेहुली ल्याउने, ढाक्रेलाई बोकाएर ल्याउने पुराना चलन हुन । समयक्रम संगै राँगा वा गोरु गाडामा पनि जन्ती जाने र बेहुली ल्याएर घरमा भित्रयाउने चलन अझै पनि अपवादका रुपमा यदा कदा छदैछ । बग्गी चढेर , हात्तीमा चढेर जन्ती जाने आउने चलन थियो । समयको अन्तरालसंगै आज भोली यात्रुबहाक बस, चारपाङग्रे सवारी साधनको प्रयोग गरेर बिहे उतार्ने गरिएको छ । विवाहमा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै हो । तर सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गरेको कमै मात्र सुनिएको/देखिएको छ ।

छथर गाउँपालिका–२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुको विवाहमा हेलिकप्टर चार्टर गरेर बेहुली भित्र्याइएको छ । काठमाडौं थानकोटकी बेहुली सिम्रन शेर्पालाई हेलिकप्टर चार्टर गरि भित्र्याइएको हो ।

काठमाडौंदेखि तेह्रथुमसम्मको भाडा २ लाख ७० हजार परेको परिवारजनले जानकारी दिए । बेहुली सम्पन्न परिवारकी र साना सवारी साधनमा यात्रा गर्न समस्या भएकाले हेलिकप्टर चार्टर गर्नुपरेको परिवारले जनाएका छन् । इमेज खबरबाट

Facebook Comments Box