दमक/झापाको गौरादह ६ साविक कोहोबराका एक युवकको नाममा जारी भएका सरकारी कागजातको इन्टरनेटको माध्यमबाट दुरुपयोग गर्दै ठगी गरिरहेको थाहा पाएपछि ति युवक विलखबन्द ( समस्या)मा परेका छन ।
यस अघि पहिलो पटक सन २०१६ मा दुवई गएर फर्किएका सो ठाउँका बिकास राउत त्यस किसिमको समस्यामा परेपछि अहिले प्रहरी लगायत विभिन्न निकायमा हार गुहार मागिरहेका छन । उनको नाममा जारी भएको राहदानी र नागरिकता समेत राखेर अपरिचित व्यक्तिले क्यानडाको एक मोवाइल नम्बर मार्फत वाटसप चलाउँदै ठगी धन्दा चलाइरहेको थाहा पाएपछि उनले त्यस्तो हार गुहार गर्नुपर्ने अवस्था आएको हो । राउतले पत्रकारहरुसंगको कुराकानीमा भनेका छन– मैंले बैदेशिक रोजगारीका क्रममा काठमाडौंका विभिन्न म्यानपावरमा आफनो बायोडाटा र डकुमेन्टहरु दिएको थिएँ । अहिले खोइ कुन माध्यमबाट डकुमेन्ट चोरी भयो मलाई कुनै जानकारी छैन । राउतले आफनो नामबाट वाटसप मार्फत अपरिचित व्यक्तिले क्यानडा पठाइदिने भन्दै नेपाली दाजुभाईहरुसंग लाखौं रुपैयाँ लिइरहेको भन्ने जानकारी छ । राउतले भने– कोही पनि त्यस किसिमको धन्दाबाट पीडित नहुनु होला म नेपालमै छु । मेरै गाउँ घरतिर छु । तर म क्यानडामा छु भन्दै मेरैनामबाट कसैले ठगी धन्दा चलाइरहेको सूचना मैंले पाएँ ।
राउतका ज्वाइँ दमक ढुकुरपानीका विनोद चापागाइँ आफनो ससुराली दाजुका नाममा कुनै गिरोहले गलत तरिकाबाट यस किसिमको गलत काम गरिरहेको छ भन्ने जानकारी सबैभन्दा पहिला आफूलाई आएपछि आश्चर्यमा परेको बताउँदै विभिन्न निकायमा यसबारे जानकारी गराएको बताए । उनले अहिले सम्म सम्बन्धित निकायले त्यस किसिमको ठगी धन्दा चलाउने व्यक्तिको पहिचान गरेर रोक्न नसकेका कारण भविष्यमा कुने किसिमको समस्या आउने हो कि भन्ने चिन्ताले आफूहरुलाई पिरोलेको पनि गुनासो गरे ।

 

 

Facebook Comments Box