दमक/ नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड तथा सावित्रा भण्डारी ‘साम्बा’ले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् । सावित्राले मनोनयनमा परेका भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पारिन् ।

Facebook Comments Box