दमक/ झापाको मेचीनगरमा करेन्ट हालेर माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । नगरपालिका–१३ सुगम टोलस्थित फुलबासा खोलामा करेन्ट लागेर मृत्यु हुनेमा सोही ठाउँका ५० बर्षीय मान बहादुर बराईली रहेका छन ।
प्रहरीका अनुसार हिजो शनिबार अपरान्ह (बेलुका) ४ बजे बराईलीले आफ्नै घरबाट विजुलीको तार जडान गरेर खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको लागि बिर्तामोड लगिएकोमा बाटैमा मृत्यु भएको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

 

Facebook Comments Box