दमक/ नेपाल प्रेस युनियनले २८ औ स्थापना दिवसको अवसर पारेर हिजो दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रका वृद्धाबृद्धाहरुलाई फलफूल वितरण गरेको छ ।

युनियनको माइपश्चिम क्षेत्रीय समितिले वृद्धाश्रममा पुगेर वृद्धाश्रमका ८ जना वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरेको हो । युनियनका अध्यक्ष विष्णु सुब्बाले सोेहि अवसरमा आश्रमलाई सहयोग पुरयाँउन सञ्चालिका आरजु सुनुवारलाई ३ हजार रुपैया समेत प्रदान गरिएको जानकारी दिए । वृद्धाश्रममा युनियनका जिल्ला उपसभापति गिरीराज भट्टराई, सामाजिक अगुवा चैतन्य वराल, युनियनका क्षेत्रीय सचिव अर्जुन राजवंशी, सदस्य वेणु प्रसाइँ लगायत पत्रकारहरु उपस्थित थिए । २०७१ मा समाजसेवी मनमाया सुनुवारले आफनो दिवंगत आमाबुबाको स्मृतिमा उक्त वृद्धाश्रम सञ्चालनमा ल्याएका हुन् । आश्रममा १० जना वृद्धावृद्धा रहने क्षमता छ ।

त्यसैगरी नेपाल प्रेस युनियन झापाले २९ औं स्थापना दिवसको अवसर पारेर  विर्तामोडमा  आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता गराउन लोकतन्त्रवादीहरुले एकजुट भएर सामुहिक पहल गर्नुपर्नेमा जोड दिए । प्रेस स्वतन्त्रता र वर्तमान अवस्था विषयक अन्तरक्रियामा बोल्ने अधिकांस वक्ताले मिडिया काउन्सिल विधेयक अक्षरस पारित भए देशमा प्रेस स्वतन्त्रता संकटमा पर्ने र यसले लोकतान्त्रिक व्यवस्था नै धरापमा पर्ने भन्दै सामुहिक पहलको खाँचो औल्याएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले लोकतन्त्रको स्वास प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै प्रेसलाई संकुचन गरिए लोकतन्त्र मर्ने खतरा औल्याए ।

कम्युनिष्टहरु प्रेसहरु प्रेस स्वतन्त्रता पक्षधर हुन नसक्ने भन्दै उनले संविधानले प्रदान गरेको अधिकार संवैधानिक व्यवस्थामा आएका पार्टीहरुलाई नकाट्न सुझाव दिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द छेत्रीले प्रेस युनियनको ऐतिहासिक पक्ष र प्रेस स्वतन्त्रताका लागि भएका आन्दोलनको इतिहास चर्चा गर्दै प्रेस स्वतन्त्रताका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहालले कम्युनिष्ट फिलोसोफीको विश्वास गर्ने पत्रकारहरु समेत मिडिया काउन्सिल विधेयक तथा वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्ट रहेको चर्चा गर्दै पेशागत हितका लागि पत्रकारहरु एक हुनुको विकल्प नरहेको बताए ।
पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले मिडिया काउन्सिल विधेयक संसोधन गर्नुको विकल्प नभएको बताउँदै सोही विधेयक पारित भए पत्रकारिता भजन मण्डलीमा परिणत हुने धारणा राखे ।

प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीले व्यवस्थापिका संसदमा पेश भएका कतिपय विधेयक र कार्यविधि पारित गर्दा प्रतिपक्षको आवाज नसुनी सरकारले संसदीय मान्यता तोडेको चर्चा गर्दै लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षीको आवाजको सम्मान गर्न सरकारलाई गरिन् ।
स्वस्तिका आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि राजेन्द्र गौतमले प्रकाश पारेका थिए ।

Facebook Comments Box