दमक/ दमक ७ स्थित एड्भान्स अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको छ ।
अस्पतालले आफना सेवाहरु विस्तार गर्ने सिलसिलामा बुधबारदेखि सो सेवाको शुरुवात गरेको हो । सो सेवाको दमक ७ का वडाध्यक्ष भिम पौडेलले औपचारिक रुपमा शुभारम्भ गरेका छन । सो अवसरमा वडाध्यक्ष पौडेलले स्वास्थ्य सेवालाई सहज र सुलभ रुपमा उपलब्ध गराउन सुझाव दिए । अस्पतालका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमका अन्य वक्ताहरुले दमकमा हाल सम्म सिटि स्क्यान सेवा नहुँदा सर्वसाधारणले अन्यत्र जानुपर्ने बाध्यता रहेका भन्दै अबका दिनमा सहज हुने विश्वास व्यक्त गरे ।


कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश प्रसाईं, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा सभापति प्रकाश बुढाथोकी, लाइफलाइन अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. सूर्यनारायण शाह , वरिष्ठ सर्जन डा. रविन रञ्जितकार लगायतले दमकमा रहेका अस्पतालहरुले आपसी सहकार्य गरी यहाँका नागरिकलाई सेवा प्रबाह गर्नु पर्नेमा जोड दिए ।
सो अस्पतालमा आजैदेखि बिरामीको सिटी स्क्यान गर्न सकिने अस्पतालका सञ्चालक तथा निर्देशक चैतन्य बरालले जानकारी दिए । अत्याधुनिक प्रविधि सहितको मेसिन जडान गरिएकोले अब यस क्षेत्रका बिरामीलाई सहज भएको उनले बताए ।

 

Facebook Comments Box