दमक/  नेपाल आइडल सिजन ४ को उपाधीका लागि प्रतिस्पर्धामा रहेकी झापा दमककी वेनिसा पौडेललाई जिताउन दमकबासी उनका समर्थकहरुले सामुहिक आव्हान गरेका छन ।

बिहानी कला केन्द्रमा संगित सम्बन्धि प्रारम्भिक शिक्षा लिएकी बेनिसालाई जिताउन गर्न सकिने प्रयासहरुका बारेमा आज ( बुधबार) सो कला केन्द्रले उनका समर्थक तथा शुभचिन्तकहरुसंग पहिलो चरणको अन्तरक्रियात्मक छलफल गरेको छ । कला केन्द्रकी सञ्चालिका तथा संगित प्रशिक्षक कमला खनालले सानैदेखि गीत संगितका क्षेत्रमा विशेष प्रतिभाको क्षमता राख्ने बेनिसाको अहिले सम्मको प्रस्तुतिले उनलाई नेपाल आइडल सिजन ४ को सातौं स्थान सम्म सुरक्षित राखेको बताइन । सो अवसरमा सहभागीहरुले बेनिसामा रहेको गायन क्षमता र प्रतिभालाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै आआफनो ठाउँबाट लागिपर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा शैक्षिक व्यक्तित्व तथा चुलाचुली अंग्रेजी माविका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राई, दमकका सामाजिक तथा व्यवसायिक व्यक्तित्व चैतन्य बराल, अभियान्ता एवं असहाय मानव सेवा समाज दमककी अध्यक्ष चेतना निरौला, लायल लिडर तथा दमकका युवा व्यवसायी ज्ञानु पौडेल , निर्मला थापा, संगीतकर्मी राम विष्ट, सञ्चारकर्मीहरु गिरिराज भटट्राई, गोपाल झापाली, बेनिसाका सहपाठी, समर्थक आफन्त तथा नातेदारहरु सहभागी थिए ।
को हुन बेनिसा ?
दमक ५ का पुण्य प्रसाद पौडेल र आमा मेनुका पौडेलकी सुपुत्री वेनिसाको गीत संगितमा सानैदेखिको रुची र सांगितिक क्षेत्रमा नै भविष्य खोज्ने लक्ष्यले अहिले सम्म नेपाल आइडल सिजन ४ को उत्कृष्ट ७ सम्म पुरयाएको हो ।
दमकको चुलाचुली अंग्रेजी माविबाट प्रारम्भिक शिक्षा हासिल गर्दै एसइइ पास गरेकी वेनिसाले दमककै हिमालय माविमा कक्षा ११ को पढाई सकेर कक्षा १२ संगै संगित कक्षालाई अघि बढाउन काठमाडौं गएकी हुन ।
उनले आरआर कलेजमा कक्षा १२ को अध्ययन गरिरहेकी छिन । दमकमा छँदा बिहानी कला केन्द्र र उर्लाबारीको एक संगित बिद्यालयबाट संगित सम्बन्धिको अध्ययनको शुरुवात गरेकी वेनिसाको पारिवारिक पृष्ठभुमी मध्यम खालको हो ।
उपाधी चुम्ने दृढ आत्मविश्वास राखेर अघि बढेकी वेनिसा भन्छिन – मेरो इच्छा संगीत सिक्नेनै थियो मेरो इच्छा पुरा गरिदिन आमाले साइकलमा पछाडी राखेर दमकबाट उर्लाबारी सम्म लैजानु हुन्थ्यो । पैसा नहुँदा आमाले आफूले लगाएको सुनको गहना बेचेर पनि मेरो संगीत यात्रालाई अघि बढाउन प्रोत्साहन गर्नु भएको छ । वेनिसाकी आमा मेनुका दाहाल ( पौडेल)ले छोरीको सांगितिक यात्रामा निरन्तरताका लागि सबै गीत संगीतप्रेमीहरुलाई सहयोगका लागि अपिल गरिन ।
निजी क्षेत्रमा सामान्य जागिरे जिवन बिताइरहेको पौडेल परिवारले छोरी बेनिसाको कला र प्रतिभाको सम्मान हुने विश्वास लिएको छ । आमा मेनुका भन्छिन– सानैदेखि उ ( वेनिसा) गीत गुनगुनाई रहन्थिन । कुनै कुरामा सफलता पाउन निरन्तरताको जरुरी हुन्छ । उनले निरन्तर गीत संगीत क्षेत्रमा ध्यान लगाएकी छिन । सफलता पाउँछिन भन्नेमा विश्वस्त छु ।
वेनिसाको स्वरमा पहिलो रेकर्डेड गीत आँखैमा लाउने गाजल सकियो ……बोलको गीत निक्कै लोकप्रिय बनेको थियो । योसहित उनको स्वरमा अहिले सम्म ४० बढी गीतहरु रेकर्ड भइसकेका छन । मधुर स्वर, शालिन स्वभाव र अनुशासित व्यवहार वेनिसालाई नेपाल आइडल सिजन ४ को उपाधी जिताउने बलियो आधार हुन । उनलाई एसएमएस भोटिङका लागि मोवाइलमा ०२ टाइप गरेर ३७००० मा सेन्ड गर्न सकिनेछ । त्यसैगरी भोट गर्न आफ्नो मोबाईलमा अभििउबथ बउउ डाउनलोड गरेर असिमित भोट गर्न सकिनेछ । नेपाल बाहिर cellpay app बाट भोट गर्न सकिनेछ ।
भोटिङ बिहिबार बेलुका बाट सुरुभै सोमबार दिउँसो सम्म्मात्र हुनेछ ।

Facebook Comments Box