दमक/ दमक १ स्थित चुलाचुली अंग्रेजी माविका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश ( सीपि) राई को फेसबुक अकाउण्टको पासवर्ड ह्याकरले चोरी गरेर ठगी धन्दा गर्ने प्रयास गरेको पाइएको छ ।
उसले करिब दुई साता अघिदेखि DHHS grant program ( जसलाई अमेरिकी सरकारले ठगी धन्दा भनेको छ । ) को नाममा विश्व बैंकले ५० हजार डलर पुरस्कार दिने भन्दै राईको अकाउण्टबाट उनका साथीहरुलाई यसमा जोडिन आग्रह गरिरहेको छ । राईले आफनो अकाउण्ट एकाएक अर्कैले दुरुपयोग गरिरहेको बताउँदै आफना नामको सो साविकको फेसबुक अकाउण्ट अहिले आफनै नियन्त्रणबाहिर भएको जनाएका छन । उनले सो अकाउण्टमा हुने कुनै पनि कृयाकलापमा आफू संलग्न नरहेको स्पष्ट पार्दै प्रहरीमा त्यस्तो धन्दा रोक्न आवश्यक प्रकृया अघि बढाइदिन इलाका प्रहरी कार्यालय दमक मार्फत साइबर अपराध अनुसन्धान विभागमा पत्र समेत पठाएका छन । राई प्याव्सन झापाका उपाध्यक्ष समेत भइसकेका शैक्षिक व्यक्तित्व हुन । उनले आफू यस किसिमको कृयाकलापमा नजोडिएपनि आफनो नामबाट सामाजिक सञ्जालकै दुरुपयोग गरेर भइरहेको यस्तो आपराधिक गतिबिधिका कारण आफूलाई दुखित बनाएको पनि उल्लेख गरेका छन । उनले सम्भावित ठगी तथा आपराधिक कृयाकलापको निशानामा पर्नबाट जोगिन सचेत हुन पनि आफना शुभचिन्तक तथा फेसबुकमा जोडिएका आफन्त एवं साथीहरुसंग अनुरोध गरेका छन ।

Facebook Comments Box