दमक/ जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा प्रदान गरिँदै आएको धनमाया बर्षोत्कृष्ट सक्रिय महिला पत्रकारिता पुरस्कारबाट झापामा क्रियाशील पत्रकार मनिषा चम्लागाइँ पुरस्कृत भएकी छिन । कारोबार दैनिककी सम्वाददता चम्लागाईंलाई शनिबार कोषद्धारा विर्तामोडमा आयोजित कार्यक्रममा सो पुरस्कृत तथा सम्मान प्रदान गरिएको हो ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता र साहित्यकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव भोजराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्षोत्कृष्ट कृति, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मान र वर्षोत्कृष्ट सक्रिय धनमाया पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा वर्षोत्कृष्ट कृतिबाट २०७७ सालमा प्रकाशित कृतिमध्येबाट संक्रमण उपन्यासका लेखक राजेन्द्र संग्रौला, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मान २०७८ बाट झापाको धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयलाई पुरस्कृत तथा सम्मान गरिएको हो । पुरस्कृत कृति, संस्था तथा व्यक्तिलाई प्रमुख अतिथि घिमिरे, संस्थाका अध्यक्ष तथा अतिथिहरु सम्मान पत्र तथा पुरस्कारको राशी समान २१÷२१ हजार नगदसहित सम्मान पत्र र दोसल्ला रहेको छ ।
कार्यक्रममा बर्षोत्कृष्ट कृतिका कृतिकार संग्रौलाको व्यक्तित्वबारे कृषि छनौट समितिका संयोजक विष्णुकुमार भट्टराई, त्रिफला पुस्तकालयकाबारेमा गंगा भट्टराई बोझे र धनमाया वर्षोत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत चम्लागाँईको व्यक्तित्वबारे रेजिना गौतमले प्रकाश पारेका थिए । पुरस्कृत सम्मान पत्र डिल्लीराम प्रसाई र लोकराज ढकालले वाचन गरेका थिए ।