दमक/ नेपाल आइडल सिजन ४ को उपाधीका लागि प्रतिस्पर्धामा रहेकी झापा दमककी वेनिसा पौडेललाई जिताउन दमकबासी उनका समर्थकहरुले बेनिसा जिताऔं अभियान शुरु गरेका छन । थुप्रै प्रतिस्पर्धीहरुलाई उछिन्दै बेनिसा नेपाल आइडल सिजन ४ को उत्कृष्ट ७ भित्र अटाउन सफल भएपछि उनका समर्थकहरु उत्साहित हुँदै उपाधी जिताउन संगठित भएका हुन । झापाका विभिन्न ठाउँबाट उनको गृह नगर दमकमा आइतबार भेला भएका समर्थकहरुले दमककी सामाजिक अभियन्ता चेतना निरौलाको संयोजकत्वकमा बेनिसा जिताऔं अभियान सञ्चालन समिति र चैतन्य बरालको संयोजकत्वमा अभियानको सल्लाहकार समिति पनि गठन गरेका छन । सल्लाहकार समितिमा भरत चम्लागाइँ, धनकुटे कान्छा, गोपाल गुरागाइँ, चन्द्रा गडतौला, जीवन गुरुङ, एलपी जोशी, विशाल राई, यशोदा शाक्य, चन्द्रप्रकाश राई, श्रवणकुमार पोखरेल, शिवप्रसाद दाहाल, समिन रिजाल, जीवन सापकोटा, दिपेश दाहाल लगायतलाई समेटिएको छ ।
सञ्चालन समितिको सहसंयोजकमा रामजी विष्ट र सचिवमा अर्जुन श्रेष्ठ रहेका छन । समितिका सदस्यहरुमा सजु बुढाथोकी, तिलरुपा सुवेदी दाहाल, चन्द्रमणी पौडेल, सुमित्रा कार्की, अनु थापा, समिर सुवेदी, गोपाल झापाली, गिरिराज भट्टराई, विमल नेपाल लगायत दमकमा क्रियाशील दमक जेसीज, दमक उदोग वाणिज्य संघ, असहाय मानव सेवा समाज, चुलाचुली अंग्रेजी मावि, मेची सेकेण्ड्री बोर्डिङ स्कूल , हिमालय मावि लगायतबाट संस्थागत साथै दमकमा क्रियाशील पत्रकारहरुलाई समेत समावेश गरिएको छ । समितिले आजैबाट संस्थागत रुपमा बेनिसा जिताऔं अभियान शुरु गरेको समितिकी सल्लाहकार समेत रहेकी बिहानी कला केन्द्रकी सञ्चालिका एवं संगीत प्रशिक्षक कमला खनालले जानकारी दिइन ।
समितिले आजैबाट संस्थागत रुपमा बेनिसा जिताऔं अभियान शुरु गरेको समितिकी सल्लाहकार समेत रहेकी बिहानी कला केन्द्रकी सञ्चालिका एवं संगीत प्रशिक्षक कमला खनालले जानकारी दिइन ।
दमक १ स्थित चुलाचुली अंग्रेजी माविको सभाहलमा भएको भेलाले बेनिसालाई जिताउन गर्न सकिने प्रयासहरुका बारेमा छलफल गरेको थियो । संगित प्रशिक्षक खनालले सानैदेखि गीत संगितका क्षेत्रमा विशेष प्रतिभाको क्षमता राख्ने बेनिसाको अहिले सम्मको प्रस्तुतिले उनलाई नेपाल आइडल सिजन ४ को सातौं स्थान सम्म सुरक्षित राखेपनि अब भोटिङमा केन्द्रित भएर प्रतिस्पर्धा हुने सम्भावना रहेकाले जतिसक्दो बढी भोटिङका लागि सामुहिक प्रयासको खाँचो रहेको बताइन । सो अवसरमा सहभागीहरुले बेनिसामा रहेको गायन क्षमता र प्रतिभालाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै आआफनो ठाउँबाट लागिपर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा शैक्षिक व्यक्तित्व तथा चुलाचुली अंग्रेजी माविका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राई, असहाय मानव सेवा समाज दमककी अध्यक्ष चेतना निरौला, उपाध्यक्ष सजु बुढाथोकी संगीतकर्मी रामजी विष्ट, सञ्चारकर्मीहरु बेनिसाका सहपाठी, समर्थक आफन्त तथा नातेदारहरु सहभागी थिए । यसअघि गत बुधबार उनका समर्थक तथा शुभचिन्तकहरुसंग पहिलो चरणको अन्तरक्रियात्मक छलफल गरेका थिए ।
को हुन बेनिसा ?
दमक ५ का पुण्य प्रसाद पौडेल र आमा मेनुका पौडेलकी सुपुत्री वेनिसाको गीत संगितमा सानैदेखिको रुची र सांगितिक क्षेत्रमा नै भविष्य खोज्ने लक्ष्यले अहिले सम्म नेपाल आइडल सिजन ४ को उत्कृष्ट ७ सम्म पुरयाएको हो ।
दमकको चुलाचुली अंग्रेजी माविबाट प्रारम्भिक शिक्षा हासिल गर्दै एसइइ पास गरेकी वेनिसाले दमककै हिमालय माविमा कक्षा ११ को पढाई सकेर कक्षा १२ संगै संगित कक्षालाई अघि बढाउन काठमाडौं गएकी हुन ।
उनले आरआर कलेजमा कक्षा १२ को अध्ययन गरिरहेकी छिन । दमकमा छँदा बिहानी कला केन्द्र र उर्लाबारीको एक संगित बिद्यालयबाट संगित सम्बन्धिको अध्ययनको शुरुवात गरेकी वेनिसाको पारिवारिक पृष्ठभुमी मध्यम खालको हो ।
उपाधी चुम्ने दृढ आत्मविश्वास राखेर अघि बढेकी वेनिसा भन्छिन – मेरो इच्छा संगीत सिक्नेनै थियो मेरो इच्छा पुरा गरिदिन आमाले साइकलमा पछाडी राखेर दमकबाट उर्लाबारी सम्म लैजानु हुन्थ्यो । पैसा नहुँदा आमाले आफूले लगाएको सुनको गहना बेचेर पनि मेरो संगीत यात्रालाई अघि बढाउन प्रोत्साहन गर्नु भएको छ । वेनिसाकी आमा मेनुका दाहाल ( पौडेल)ले छोरीको सांगितिक यात्रामा निरन्तरताका लागि सबै गीत संगीतप्रेमीहरुलाई सहयोगका लागि अपिल गरिन ।
निजी क्षेत्रमा सामान्य जागिरे जिवन बिताइरहेको पौडेल परिवारले छोरी बेनिसाको कला र प्रतिभाको सम्मान हुने विश्वास लिएको छ । आमा मेनुका भन्छिन– सानैदेखि उ ( वेनिसा) गीत गुनगुनाई रहन्थिन । कुनै कुरामा सफलता पाउन निरन्तरताको जरुरी हुन्छ । उनले निरन्तर गीत संगीत क्षेत्रमा ध्यान लगाएकी छिन । सफलता पाउँछिन भन्नेमा विश्वस्त छु ।
वेनिसाको स्वरमा पहिलो रेकर्डेड गीत आँखैमा लाउने गाजल सकियो ……बोलको गीत निक्कै लोकप्रिय बनेको थियो । योसहित उनको स्वरमा अहिले सम्म ४० बढी गीतहरु रेकर्ड भइसकेका छन । मधुर स्वर, शालिन स्वभाव र अनुशासित व्यवहार वेनिसालाई नेपाल आइडल सिजन ४ को उपाधी जिताउने बलियो आधार हुन । उनलाई एसएमएस भोटिङका लागि मोवाइलमा ०२ टाइप गरेर ३७००० मा सेन्ड गर्न सकिनेछ । त्यसैगरी भोट गर्न आफ्नो मोबाईलमा cellpay app डाउनलोड गरेर असिमित भोट गर्न सकिनेछ । नेपाल बाहिर Shristi app बाट भोट गर्न सकिनेछ ।
अहिले चलिरहेको राउण्डको लागि भोली ( सोमबार) १२ बजे सम्म उनलाई भोट गर्न सकिनेछ । 


