दमक/  धेरै जसो समय मोबाइल तथा कम्प्युटरमा हेरेर समय बिताउने बालबालिकाहरुमा आँखा सम्बन्धि समस्याको सम्भावनालाई मध्यनजर गर्दै दमक जेसीजले बिद्यार्थीहरुको आँखा जाँच तथा उपचार सेवाको कार्यक्रम सञ्चालन गरेको छ । दमक जेसीजले मेची नेत्रालयको प्राबिधिक सहयोगमा सोमबार “ दृस्टी परिक्षण शिविर मार्फत सो सेवा प्रदान गरेको हो । दमक जेसीजका पूर्व अध्यक्ष दिलिप श्रेष्ठको प्रमुख आतिथ्यमा सञ्चालित सो शिविरमा १८५ जना बिद्यार्थीहरुको आँखा परिक्षण गरिनुका साथै आवश्यक उपचार सेवा प्रदान गरिएको दमक जेसीजका अध्यक्ष सञ्जिब बरालले जानकारी दिए ।
दमक जेसीजका उपाध्यक्ष साजन श्रेष्ठको संयोजकत्वमा सञ्चालित शिविरमा दमकको रोजिएट बोर्डिङ स्कूल, अलाइड बोर्डिङ र झापा मोडल अंग्रेजी माविका युकेजी र कक्षा १ मा अध्ययनरत कूल १८५ जना बिद्यार्थीहरुले सो सेवा लिएका जेसीजका कोषाध्यक्ष सहदेव भट्टराईले जानकारी दिए । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, पुर्व अध्यक्षहरु नेत्र चम्लगाई, नरेन्द्र बराल, कमल कट्वाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सन्दिप न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा दमक जेसीज बर्ष २०२२ का कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

फोटो फिचर

 

 

Facebook Comments Box