दमक/ दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफना सदस्यको एक परिवारलाई दुर्घटना बीमा वापतको पाँच लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ । गत कार्तिक पहिलो साता धनकुटाको बुधबारेमा पहिरोमा परेर मृत्यु भएका संस्थाका शेयर सदस्य मनोरथ श्रेष्ठ(सन्दिप)को परिवारलाई मंगलबार सो राहत रकम हस्तान्तरण गरेको हो । बीमा वापतको सो रकम स्वर्गीय श्रेष्ठकी श्रीमती उषा श्रेष्ठलाई हस्तान्तरण गरिएको संस्थाका कार्यकारी प्रमुख अरुण भण्डारीले जानकारी दिए । सो परिवारलाई संस्थाका तर्फबाट कर्जा विभाग प्रमुख इश्वर नेपालसहितको कर्मचारी टिमले दमक १ स्थित श्रेष्ठको फर्निचर उद्योगमा पुगेर हस्तान्तरण गरेको थियो ।
