दमक/ झापाको दमकमा सहकारी केन्द्रको दमक नगर कमिटी गठन भएको छ। बिहीबार दमकमा भएको भेलाले नवीन कुमार भट्टराईको अध्यक्षतामा १५सदस्यीय कमिटी गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा प्रकाश न्यौपाने , सचीवमा चन्द्र प्रकाश पौडेल, सह सचीवमा अनमोल तामाङ र कोषाध्यक्षमा गीता दाहाल चयन भएका हुन ।
नेकपा (माओबादी केन्द्र )निकट सो कमिटीले सहकारी क्षेत्रका समस्याहरुको समाधानका साथै सहकारीकर्मीहरु सीप तथा दक्षता बिकासका लागि कार्यक्रमहरु ल्याउने अध्यक्ष भट्टराईले बताए । सहकारी केन्द्र प्रदेश १ संयोजक भानु दगालको प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र दमकका इन्चार्ज बेदु गैतम , रमेस गुरागाइ सन्तोष गौतम लगायतको उपस्थित थियो। भेलाले ३ सदस्यीय सल्लाकार समिति समेत गठन गरेको छ ।सल्लाहकार समितीको संयोजकमा डिल्ली पोख्रेल र सदस्यहरु लक्ष्मी नेपाल ,बिबेक दाहाल रहेका छन।
