दमक/ महिन्द्रा कम्पनीले दमकमा नयाँ व्यवस्थापनसहित ट्रयाक्टर शो रुम सञ्चालनमा ल्याएको छ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालि मातहतको शोरुम आइतबारदेखि सञ्चालनमा आएको हो ।

सो शोरुम महेन्द्रा कम्पन्नीको  छैठौं शाखाका रुपमा रहेको कम्पनीका १ नम्बर प्रदेश प्रमुख प्रभासमान शाक्यले जानकारी दिए । सो रुमको अग्नी समुहका प्रमुख प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले उदघाटन गरेका छन । झापाको माइपश्चिम क्षेत्रका साथै पूर्वी मोरङ र इलाम, पाँचथरका समेत किसानहरुलाई लक्षित गरेर दमकको पश्चिम बसस्टेण्डमा सो सोरुम सञ्चालनमा ल्याइएको हो । भारतमा उत्पादित महेन्द्राको ट्याक्टर तथा गाडीहरु नेपालका लागि आधिकारिक विक्रेता अग्नी गु्रप कम्पन्नीले विगत ३० बर्षदेखि वजार हेर्देआएको छ ।
शोरुम उद्घाटनपछि आयोजित संक्षिप्त जानकारी कार्यक्रममा अग्नी गु्रपका बजार निर्देशक बरदान बस्नेतले कृषि प्रयोजनका रुपमा विस्तारै ट्याक्टर आवश्यकता बन्दै गएकाले विक्रीपछिको सेवाका लागि पनि कम्पन्नी प्रतिवद्ध भएको जानकारी दिए ।
कम्पन्नीले दमकपछि पूर्वी पहाडी भेगका उपभोक्ताका लागि धनकुटाको हिलेमा थप शोरुम सञ्चालनमा ल्याउने तयारी भईरहेको उनले बताए । दमकमा सञ्चालित सो ट्याक्टर शोरुमको प्रवन्धकका रुपमा कुशल शाहलाई जिम्मेवारी दिईएको छ । शोरुम उद्घाटनमा निम्स नेशनल हस्पिटलका अध्यक्ष उमाकान्त आचार्य, लायन लिडर एवं व्यवसायी नेता बबरजंग थापा ,सामाजिक व्यक्तित्व नोबल गुरागाइँ, रवि केसी लगायतको उपस्थिती रहेको थियो ।

 

 

Facebook Comments Box