दमक/ दमक ५ निवासी नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको बिषयमा तयार गरिएको शेरबहादुर भट्टराई एक चिनारी नामक पुस्तक विमोचन गरिएको छ । दमकका सामाजिक व्यक्तित्व तथा कांग्रेस झापा उप सभापति भट्टराईको बारेमा बिभिन्न ४६ जना लेखकद्धारा लिखित पुस्तक आज नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।
राष्ट्रिय सभाका पूर्व सदस्य डिल्ली सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संबिधान सभा सदस्य सुधिर शिवाकोटी, प्रदेस सभा सदस्य तथा पुर्व मन्त्री हिक्मत कार्की, प्रदेससभा सदस्य अर्जुन राई लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । प्रकाशक सितादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले शेरबहादुर भट्टराई राजनीतिसंगै समाजिक अभियान्ताका रुपमा स्थापित व्यक्तित्व भएको चर्चा गरे ।
कार्यक्रममा कांग्रेस झापा सभापति देउकुमार थेवे, संबिधानसभा सदस्य शिवाकोटी, प्रदेश सरकारका पूर्व मन्त्री कार्की, दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, गौरादह नगर प्रमुख रोहित कुमार शाह, कांग्रेसका १ नम्बर प्रदेश सदस्य रेगिना भट्टराई प्रसाईं, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी लगायतले शेर बहादुर भट्टराईले दमक निर्माणमा पु¥याएको योगदान पछिल्लो पुस्तालाई जानकारी गराउन पनि यो पुस्तक सहयोगी हुने बताए । कार्यक्रममा पुष्तकका प्रधान सम्पादक खेमलाल पोखरेल, कार्यकारी सम्पादक धनकुटे कान्छा लगायतले पनि बोलेका थिए ।

Facebook Comments Box