दमक/ दमकका साहित्यकार धनकुटे कान्छा वनिताश्री पुरुषाेत्तमराज पाण्डेय पुरस्कार २०७९ बाट सम्मानित हुने भएका छन् । नगद रु १० हजार ताम्रपत्र सहित उक्त पुरस्कार एक कार्यक्रमकाबीच राजधानीमा श्रमिक दिवशका दिन अर्पण गरिने कुरा वनिता प्रकाशनशिका तथा प्राकी प्रकाज्ञ लक्ष्मी उप्रेतीले बताए । नेपाली भाषा साहित्यमा स्थापित वनिता प्रकाशनले हरेक वर्ष भाषा,साहित्य,कला,संस्कृति, शिक्षा, पत्रकारिता, गीत,संगीत लगायतका विद्याहरुमा स्रष्टाहरुलाई पुरस्कार प्रदान गर्दै आइरहेकाे छ। कार्यक्रममा दयाराम श्रेष्ठ सम्भव, दिनेश अधिकारी लगायतका स्रष्टाहरु सम्मानित हुदैछन् । झापा दमकलाई कार्यक्षेत्र बनाइ ३ दशकदेखि साधनारत धनकुटे कान्छा युवा वर्ष माेतीराम साहित्य पुरस्कार लगायत राष्ट्रिय पुरस्कारबाट सम्मानित स्रष्टा हुन्। उनी दमक प्रज्ञा प्रतिष्ठानका कार्यसमिति सदस्य समेत हुन्। उनका ५ वटा कृति प्रकाशित छन् भने सम्पादनका क्षेत्रमा समेत उनी सक्रिय छन्।