दमक/ झापाको दमक १० स्थित सेतुमारीमा दुग्ध चिस्यान केन्द्रको स्थापना भए पछि स्थानीय किसानलाई दूध बिक्रीवितरण गर्न सहज भएको छ । तीन बर्ष अघि आदर्स डेरी तथा चिस्यान केन्द्रको स्थापना भएसङै यश क्षेत्रका किसानले उत्पादन गर्दै आएको दूध बिक्रीवितरण गर्न निकै सहज भएको दमक १० का किसान लय प्रसाद पाठकले बताए । स्थानीयस्तरमा चिस्यान केन्द्र नहुदा दुधको ब्याबस्थापन गर्न समस्या भोग्दै आएका किसानलाई केन्द्रको स्थापना भएपछि भने सो सम्स्याको अन्त्य भएको छ । बिगतका दिनमा दूध बिक्रीवितरण गर्न निकै चुनौती खेप्दै आएका किसानलाई केन्द्रको स्थापना भएपछी निकै सहज भएको दमक १० का अर्का किसान रुद्र अधिकारीले खुशी ब्याक्त गरे । अहिले यो चिस्यान केन्द्रमा दैनिक साढे चार सय लिटरको हाराहारीम दूध संकलन हुँदै आएको छ ।
यो चिस्यान केन्द्रमा दमक १० को तल्लो क्षेत्रका साथै कमल गाउपालिका, गौरादहको उपल्लो क्षेत्रका लगायत मोरङको उर्लाबारी र रतुवामाई नगरपालिकाको आशिक क्षेत्रका किसानले दूध बिक्रिका लागि ल्याउने गरेका छन । स्थानिय युवा ब्यबसायी बिदुर भण्डारीले २०७६ सालबाट करिव ६० लाख बढिको लगानिमा आदर्श डेरि तथा चिस्यान केन्द्र संचालनमा ल्याएका हुन ।
हाल यो चिस्यान केन्द्रले किसानलाई माशिक ८ लाख रुपैया दूध वापतको भुक्तानी गर्दै आएको भण्डारीले ब्ताए । हाल यो केन्द्रले दुग्ध जन्य बस्तुको उत्पादनका गरि बिक्रि समेत गर्दै आइरहेको भण्डारीको भनाई रहेको छ । केन्द्र्ले किसानबाट गाईको दूध प्रती लिटर ५५ रुपैया र भैसीको दूध प्रती लिटर ६५ रुपैयामा खरिद गर्दै आएको र याहा संकलन भएको दूध दमक र बिराटनगर सम्म बिक्री गर्दै आइरहेको केन्द्रका सन्चालक भण्डारीले जानकारी दिए । यसैगरी यो केन्द्रले किसानलाई सहज ढंगबाट पशु आहाराका लागि चोकर लगाएत बस्तुहरुको बिक्रि वितरण समेत गर्दै आईरहेको जनाइएको छ । यश क्षेत्रमा चिस्यान केन्द्र नहुदा डुलुवा ब्यपारिहरुलाई सस्तो मुल्यमा दूध बेच्नुपर्ने बाध्यताको अन्त्य मात्र गरिदिएको छैन किसानलाई पशुपालन गर्न हौसला समेत थपी दिएको छ ।
(यस अघि प्रकाशित यस सम्बन्धिको समाचारमा त्रुटी भएकाले सच्याएर पुनः प्रकाशन गरिएको छ । )
