दमक/युवा व्यवसायी ताराकुमार श्रेष्ठले दमकको चिया दोकानमा आज ( आइतबार)देखि पाथीभरा अटो प्यालेस सञ्चालनमा ल्याएका छन । यसअघि लामो समय सम्म यामाहा शोरुममा काम गर्दै विदेशमा समेत अटो पार्टस सम्बन्धिको प्राविधिक क्षेत्रमा अनुभव हासिल गरेका उनले स्वरोजगारको अवसर आफैं सिर्जना गरेका हुन ।
आधुनिक प्रविधिको प्रयोगबाट सवारी साधनको सर्भिसिङ, मर्मत तथा पुनःनिर्माण, मोटर पार्टसहरुको आपूर्ति लगायतको सेवा प्रदान गर्ने उद्धेश्यले सञ्चालनमा ल्याइएको सो प्यालेसको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुूल श्रेष्ठले उदघाटन गरेका छन । सो अवसरमा संघका पूर्व कार्यसमिति सदस्य तथा अटो मोवाइल्स एशोसिएशनका अध्यक्ष घनश्याम खनाल लगायत व्यवसायी प्रतिनिधिहरुको पनि आतिथ्य रहेको थियो । सो प्यालेस उदघाटनका अवसरमा चार दिन सम्म सवारीको निशुल्क सर्भिसिङका साथै एचपी लुब्रिकेन्टसमा १० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।

 

Facebook Comments Box