नेपाली चलचित्रका नायक पल शाह यतिबेला दमौली कारागारमा छन्। एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा उनी थुनामा परेको ३ महिना भयो। उनी विरुद्धको मुद्दा अदालतमा विचाराधिन छ।

शाहविरुद्ध उजुरी हाल्ने नाबालिग गायिकाले बकपत्रका क्रममा आफ्नो बयान फेरीसकेकी छिन्। पलका वकिलले पोखरा उच्च अदालतमा साधारण धरौटीमा रिहाइको माग गर्दै दिएको निवेदनको सुनुवाई सरिरहेको छ। सुनुवाई स्थगीत भएन भने आगामी बिहिबार उनको यो निवेदन माथि सुनुवाई हुने छ।

कारागारमा रहेका पलका बारेमा विभिन्न समयमा विभिन्न खबर सार्वजनिक भैरहन्छन्। उनी कारागार भित्र के गरिरहेका होलान भन्ने धेरैमा चासो छ।

नाबालिग गायिकाले बयान फेरेसँगै पललाई कारागारमै फिल्मको अफर लिएर निर्माताहरु पुग्न थालेका छन्।

शाह धेरै जसो फुर्सदको समयमा किताब अध्ययन गरिरहेका हुन्छन्। उनलाई कारागार पुगेर एक निर्माताले आफ्नो फिल्मको स्क्रिप्ट थमाएर फर्किएका छन्। पल अहिले सोही फिल्मको स्क्रिप्ट पढिरहेका छन्।

पललाई आफ्नो फिल्मको स्क्रिप्ट दिएर फर्किएका निर्माताले बिहिबारको सुनुवाई पछि वातावरण पल अनुकुल बन्ने सम्भावना रहेको बताएका छन्।

वातावरण पल अनुकुल भएर पल निस्किएको खण्डमा उनी चाँडै आफ्नो फिल्म छायांकनमा लिएर जाने बताउँछन्।

Facebook Comments Box