दमक/ झापा दमक ८ स्थित झापा मोडल अंग्रेजी माविको कक्षा १० मा अध्ययनरत छात्रा कृतज्ञता थापा “झापा बोल्छ” जिल्लास्तरिय वक्तृत्वकलामा सर्वोत्कृष्ट भएकी छिन ।

जोईन्ट ब्रदर्स ईन्टरटेनमेन्ट उपलब प्राईभेट लिमिटेड एण्ड मेडिया झापाद्वारा आयोजित प्रतियोगितामा क्षेत्रगत रुपमा छनौट भएर आएका ११ बिद्यालयका १२ प्रतिस्पर्धीलाई उछिन्दै थापाले सर्वोत्कृष्टता हासिल गरेकी हुन ।
उनले यससंगै नगद २० हजार रुपैयाँ राशीको पुरस्कारसहित आकर्षक गिफट ह्याम्परहरु पनि जितेकी छिन । बुधबार झिलझिलेमा सञ्चालन गरिएको प्रतियोगिताको फाइनलमा बाल्मिकी एजुकेशन फाउण्डेशन विर्तामोडमा कक्षा १० मा अध्ययनरत शितोस्ना तिम्सिना दोश्रो र झापा मोडेल अंग्रेजी मा.वि.कै कक्षा ८ मा अध्ययनरत छात्र प्रतिक खनाल तेस्रो भए । उनीहरुले क्रमश नगद १० हजार र ५ हजारसहित अन्य आकर्षक उपहारहरु पनि जितेका छन ।

बिभिन्न विधामा बिभिन्न खाले प्रतियोगिताहरू सन्चालन गरि विद्यार्थीहरूको आफ्नो अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्य उद्धेश्यलले सञ्चालन गरिएको सो प्रतियोगिता अन्तर्गत यस अघि काँकडभिट्टा, विर्तामोड , भद्रपुर र दमकमा ति क्षेत्रका सामुदायिक र निजी दुवै विद्यालयका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराई जिल्लास्तरिय प्रतियोगिताका लागि छनौट गरिएको थियो ।
