पाँचथर/ पाँचथरको कुम्मायक गाउँपालिका-५ तमोर नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर १ जना विद्यार्थी बेपत्ता भएका छन् । सोमवार दिउँसो ३ बजे पृथ्वी उच्च माध्यामिक विद्यालय यासोकबाट ७ जना शिक्षक र १ जना विद्यार्थी सहित ८ जना तमोर नदिको लमुघाटमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका-१ गैरीगाँउ वस्ने वर्ष २० को डिल्लिहाङ नेम्वाङ (विद्यार्थी) बेपत्ता भएका थिए ।
घटना पश्चात सोही स्कुलका शिक्षकले अपरान्ह सवा ५ बजे इलाका प्रहरी कार्यालय यासोकमा जानकारी गराउनासाथ तत्काल खटिएको प्रहरी टोली र जिल्ला प्रहरी पाँचथरबाट समेत थप प्रहरी टोली खटि गई बेपत्ता भएका नेम्बाङको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।