दमक/ दमक नगरपालिकामा आजबाट तीन दिने कौसी खेती तालिम सुरु भएको छ । नरपालिकाको कौसी खेती तथा हरियाली प्रबद्र्धन कार्यक्रम अन्तर्गत नगरका बिभिन्न टोलका सहभागीहरुलाई तालिम दिन थलिएको हो ।
नगरपालिकाको वातावरण समिति संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा वक्ताहरुले सानो ठाउँमै पनि मेहनत गरेर खेती गरे बजारमा तरकारी किन्न नपर्ने उल्लेख गरे ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख राम थापाले अहिले शहरी क्षेत्रमा जग्गा थोरै हुने भए पनि व्यवस्थित तरिकाले कौसीमै खेती गर्दा एउटा परिवारको लागि मनग्ये तरकारी उत्पादन गर्न सकिने बताए । कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराईले कौसी खेतीमा थोरै मेहनत गर्दा खर्च पनि कम हुने र आपैंmले उत्पादन गरेको तरकारी बिषादीरहित हुने भएकोले स्वास्थ्यलाई पनि फाईदा पुग्ने बताइन । घरमै उत्पादन हुने फोहरलाई पनि मलको रुपमा प्रयोग गर्न सकिने भएकोले कौसी खेतीले वातावरण समेत स्वच्छ बन्ने बताइन ।
रामकुमार राईले तालिममा सहजिकरण गरिरहेका छन । सहभागीलाई घरमै उत्पादन भएको फोहरबाट मल बनाउने र घरेलु बिषादी तयार गर्ने उपकरणहरु पनि प्रदान गरिने नगरपालिकाको वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले जानकारी दिए ।

Facebook Comments Box