दमक/ दमकमा २३ बर्ष अघिदेखि सञ्चालनमा रहेको राष्ट्रिय बहुमुखी सहकारीको प्रमुख कार्यकारीको जिम्मेवारी लिलाराज तुम्बापोले सम्हालेका छन । सहकारी संस्थाका अध्यक्ष धनराज राईले प्रमुख कार्यकारीको जिम्मेवारी तोकिएका तुम्बापोलाई सोमबार कार्यलयमा स्वागत गरे ।
अध्यक्ष राईले नवनियुक्त प्रमुख कार्यकारी तुम्वापोलाई संस्था र संस्थाका सदस्यहरुको उज्वल भविष्यका लागि विशिष्ट योगदान पुरयाउन इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । संस्थाका सचिव कृष्ण गोले, सञ्चालक सदस्य दिपेनवाला राईले सबै कर्मचारीलाई संस्था र संस्थाका सदस्यहरुको हितलाई ध्यानमा राख्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।
नवनियुक्त ब्यवस्थापक तुम्वाफोले संस्थाको गरिमा उच्च रहने गरि अफुले काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरे । उनी गोर्खा फाइनान्सको एक नम्बर प्रदेश प्रमुख हुँदै बागमती प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिसकेका वित्तिय क्षेत्रका अनुभवी व्यक्तित्व हुन ।
