दमक, ५ साउन–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय कमिटिको काठमाण्डौंमा आइतबार सम्पन्न बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।

यसैबीच, नेकपा झापाको इन्चार्ज र सहइन्चार्जमा टुङ्गो लगाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठक ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो ।

झापाको इञ्चार्जमा रविन कोइराला र सहइञ्चार्जहरुमा देवेन्द्र दाहाल, धर्मशिला चापागाई, हरि राजवंशीलाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कोइराला मेची नगरपालिकाका बासिन्दा हुन् । उनी साविक एमालेका पूर्व झापा अध्यक्ष, पार्टीका बैकल्पिक केन्द्रीय सदस्य हुदै हाल पार्टीको केन्द्रीय सदस्य हुन् । उनी पूर्व सांसद समेत हुन्

Facebook Comments Box