दमक/ दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा सोमबारदेखि शुरु गरेको छ ।
इकाईगत रूपमा सम्पन्न गर्ने गरी १३औं साधारण सभा सुरु गरेको हो । संस्थाका संस्थापक अध्यक्ष बासुदेव काफ्लेले साधारण सभाको उदघाटन गरेका छन । संस्थाका प्रमुख व्यवस्थापक कमल घिमिरेले संस्थाका सबै इकाइहरुमा इकागत साधारण सभा हुने र १८ गते सबै इकाइहरुको माइन्युट प्रमाणिकरणपछि औपचारिक रुपमा साधारण सभा सम्पन्न हुने जानकारी दिए ।
अध्यक्ष रवि न्यौपाने केसीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ७ वटै इकाईमा १८ गते सम्म इकाइगत साधारण सभा हुने जानकारी दिइयो । न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ सञ्चालक समिति चयन हुने निर्वाचन वर्षको साधारण सभा भएकाले सक्षम नेतृत्व छनौट गर्न शेयर सदस्यहरुलाई आग्रह गरे ।
स्वर्णलक्ष्मी साकोसका लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दमकको इकाई १ र २, झिलझिले, सुरुङ्गा, गौरादह र मोरङको उर्लावारी इकाईमा इकाईगत साधारण सभा भदौं १६ गतेसम्म सम्पन्न गरिने र सबै साधारण सभाहरुको निर्णय एकीकरण, प्रमाणीकरण, निर्वाचनसहितको साधारण सभा समापन १८ गते दमकमानै गरिने व्यवस्थापक घिमिरेले जानकारी दिएका छन ।
