दमक/ श्रमदान युवाको योगदान भन्ने नारासहित दमकमा नागरिकहरुको श्रमदानमा बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ । दमक नगरपालिका वडा नम्बर १० को आयोजनामा भएको बृक्षारोपण कार्यक्रममा आज शनिबार तीन सय भन्दा धेरै बिरुवा रोपिएका छन् ।

दमक १० को संगम चौक पुर्व रतुवा खोलाको किनारको खाली जमिनमा बृहत बृक्षारोपण गरिएको दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । सो अवसरमा दमक नगर प्रमुख राम थापाले दमकको शहरी क्षेत्रको पनि खाली ठाउँमा वृक्षारोपण गर्न नगरबासीलाई आव्हान गरे । नगर उपप्रमुख रेगिना भट्टराईले वृक्षारोपणमा फलफुलका बिरुवालाई प्रथमिकता दिन आग्रह गरिन । नगरपालिकाले बिरुवाको व्यवस्थापन गरेको जनाउँदै उनले बाँसका साथै जामुन लगायत फल दिने बिभिन्न प्रकारका बिरुवा रोपिएको बताइन ।
वडा कार्यालयले साप्ताहिक रुपमा श्रमदानमा रुख रोप्ने कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष भण्डारीले बताए । वडाको दुवै तर्फ रहेका रतुवा र मावा किनारमा रुख रोप्ने कार्यलाई निरन्तरता दिईने उनले बताए ।

Facebook Comments Box