दमक/ बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले नयाँ सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीको दमक सेवा केन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले कर्णाली सहकारी र यसले लिएका नीतिहरुका बारेमा जानकारी गराएका थिए ।
सदस्यहरुलाई कर्णाली सहकारीको वचतका प्रकारहरु, कर्जा प्रबाह, स्वास्थ्य उपचार कोष लगायतको बिषयमा जानकारी दिईएको थियो । त्यसैगरी सदस्यहरुले उठाएका जिज्ञासाहरुको बारेमा पनि जानकारी गराएका थिए ।
कर्णाली सहकारीको सदस्यता सधै खुल्ला रहने र हरेक महिना नयाँ सदस्यहरुलाई सहकारीका बारेमा जानकारी गराउने उद्देश्यले मासिक रुपमा नयाँ सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरिने सो सहकारीले जनाएको छ ।
