दमक/ दमकमा मुख्य कार्यालय रही ६ वटा सेवा केन्द्र मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारण सभा इकाइगत रुपमा शुरु गरेको छ । जस अन्तर्गत शनिबार केर्खास्थित सेवा केन्द्र र सुरुगां सेवा केन्द्रमा साधारण सभा शुरु गरेको छ ।

केर्खामा आयोजित साधारण सभामा सहकारीका अध्यक्ष दिपक खरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष द्वारा प्रस्तुत गरिएको प्रविदन अनुसार संस्थाको शेयर पुँजी ७ करोड ७ लाख २ हजार रुपैया पुगेको छ । यो गत वर्षको तुलनामा ४१ लाख ७९ हजार ६ रुपैयाँले धेरै हो ।
त्यसैगरी बचत संकलन ४ अर्ब ७७ करोड ९ लाख ३८ हजार ५१९ रुपैया पुगेको छ । अन्य बचत तर्फ ५९ लाख १९ हजार २५९ रुपैया गरी जम्मा बचत ४ अर्ब ७३ करोड ५३ लाख ७९ हजार ९९८ रुपैया पुगेको छ । संस्थाले बार्षिक कारोबारबाट भएको नाफा रकमलाई सहकारी ऐन तथा सञ्चालन सम्बन्धि व्यवस्था अनुसार विभिन्न कोषहरुमा बाँडफाँड गरेको पनि प्रतिवेदनमा जनाइएको छ । ्
शनिवार केर्खा सेवाकेन्द्र बाट सुरु गरिएको साधारणसभा क्रमश सुरुङ्गा, विर्तामोड, बुधवारे, उर्लावारी हुँदै भदौ २९ गते दमक सेवा केन्द्र स्तरीय साधारण सभा गरेर सम्पन्न हुनेछ भने भदौ ३० गते सुझाव संकलन सहितको माईन्युट प्रमाणीकरण गर्दै संस्थाको ११ औं साधारण सभा सम्पन्न हुने संस्थाका प्रशासन प्रमुख धर्मानन्द भटटराईले जानकारी दिए ।

संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष अग्निप्रसाद कोईरालाले सहकारीको उत्पती, विकास, सिद्धान्त र वर्तमान अवस्थाका बारेमा प्रकास पार्दै सहकारीका सञ्चालक र कर्मचारीबाट हुने सानो तिनो कमजोरीले समेत ठुुलो समस्या सिर्जना गर्न सक्ने भएकाले सतर्कता अपनाउन जोड दिए ।
कार्यक्रममा केर्खा बजार व्यावस्थापन समितिका अध्यक्ष अमल श्रेष्ठ, जेष्ठ सदस्य टेकनाथ खनाल लगायतको उपस्थिती रहेको थियो । संस्थाका केर्खा सेवा केन्द्र समितिका संयोजक भुवन चम्लागाईले स्वागत मन्तव्य राखेका थिए । संस्थाको ११ औं साधारण सभा चुनावी साधारण सभा समेत भएकाले निर्वाचन प्रकृया समेत चालू रहेको संस्थाका सचिव ज्ञाननाथ पौडेलले बताए ।

Facebook Comments Box