गौरादह/ सन् २०१९/२० का लागि झापाको गौरादहस्थित लायन्स क्लब अफ गौरादहको नेतृत्व स्थानीय युवा व्यवसायी नेता तथा सामाजिक व्यक्तित्व जीवन राईले गर्दै छन् । अध्यक्ष राई गौरादह उद्योग वाणिज्य संघको समेत अध्यक्ष हुन् ।
लायन्स क्लबको विधान अनुसारनै गत जुन ३ देखि लायन्स क्लब अफ गौरादहका सन २०१८/१९ का अध्यक्ष भुपालराज कटुवालको कार्यकाल सम्पन्न भएसंगै क्लबको अध्यक्षमा स्वत राईले जिम्मेवारी पाएका हुन् ।
लायन्स क्लबको सिस्टम अनुसार भने आज क्लबको पद हस्तान्तरण तथा ग्रहण गर्ने कार्यक्रम रहेको लायन्स क्लब गौरादहका सन २०१८/१९ का अध्यक्ष कटुवालले जानकारी दिए ।
लायन्स क्लब गौरादहको नेतृत्वमा गौरादह २ मा सरकारले लायन्स चिल्ड्रेन पार्क निर्माण गरिरहेको छ भने सो क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि , विपन्नहरुको स्वास्थ्योपचार, जाडोको समयमा न्यानो कपडा वितरण गर्ने लगायतका मानवीय सेवामा लायन्स क्लब गौरादहले भुमिका निर्वाह गर्दै आएको छ ।