मोरङ उर्लाबारीका देवीबहादुर सुवेदी (सानु) स्थानीयस्तरको व्यवसायिक क्षेत्रमा चिरपरिचित व्यक्ति हुन् । सामाजिक क्षेत्रमा कुशल नेतृत्वकर्ताको रुपमापनि देवीबहादुर सुवेदी सुपरिचित नाम हो । उनको सङ्लो छवि छ । कुनैपनि संघ संस्थामा पारदर्शिता, लगनशिलता र जवाफदेहिता अनिवार्य सर्त मानिन्छ । यि सबै पक्षमा सुवेदी अब्बल छन् ।

उनै सुवेदी उर्लाबारीस्थित श्रीसगरमाथा सहकारीको असोन ४ गते हुन गइरहेको निर्वाचनका लागि सचिव पदमा उम्मेद्वारी दिएर विजयी बन्ने दर्बिलो आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् । बुवा भीमबहादुर र आमा चन्द्रमाया सुवेदीको तेस्रो पुत्ररत्नका रुपमा २०२८ साल मंसिर १२ गते जन्मिएका सुवेदी सानैदेखि तीक्ष्ण बुद्धि, शालीन र बहुमुखी स्वभावका थिए । सानै उमेरदेखि व्यापार व्यवसायमा जमेका उनी उर्लाबारी चौकमा रहेको सुवेदी किराना पसलका संचालक हुन् । श्री सगरमाथा सहकारीमा शेयर सदस्य बनेर लेखा सदस्य भइसकेका उनी सचिव पदका बलिया दाबेदार हुन् । चाहे व्यवसाय होस्, चाहे नेतृत्व हासिल गर्ने सन्दर्भ होस् – सुवेदीले पछि फर्केर हेर्नु परेको छैन । उनी सामाजिक संघ–संस्थामा पनि उत्तिकै क्रियाशील छन् ।

सचिव पदमा उम्मेद्वारी दिएपछि उनकै शब्दमा 

म सम्पूर्ण शेयर सदस्यहरुलाई हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । सहकारीका मुल्य मान्यता र सिद्धान्त अनुसार काम गर्ने, सबै शेयर सदस्यलाई समान दृष्टिकोणले हेर्ने, सहकारीलाई प्रविधि मैत्रीका रुपमा विकास गर्ने, खर्चमा मितव्ययिता अपनाउने, संस्थाका सुचनाहरु शीघ्र प्रवाह गर्ने मेरो एजेण्डा रहेको छ । यस्तै, सहकारी एकीकरणका नाममा शेयर धनिहरुलाई ऋणको बोझ नथुपार्ने मेरो अठोट छ । म एउटा उर्जावान युवा व्यवसायी हूँ । म जुनसुकै काममा हात हाले भनेपनि त्यो कामलाई पूरा गरेरै छाड्ने बानी छ ।

म कुनै पनि काम अधुरो छोड्दिनँ । मैले नेतृत्व गरेका अधिकांश संघ –संस्था र मैले सञ्चालन गरेका व्यवसाय, कम्पनीहरुलाई तपाईहरुले हेरिदिनुहोस्, बुझिदिनुहोस्, त्यो हेरेर मलाई यसपालि मतदान गरिदिनोस् । म शेयर सदस्यहरुको मतलाई खेर जान दिने छैन । म तपाईंहरुको साथमा साथ, काँधमा काँध, हातमा हात मिलाएर २४ सै घण्टा तपाईंहरुसँगै रहनेछु । उर्लाबारीको अग्रणि मानिने स्थानीयको आस्था अनि विश्वासको धरोहर संस्था श्रीसगरमाथा सहकारी बचत तथा ऋण सहकारी संस्थाको ३२ औं साधारणसभा चुनावी सभापनि भएका कारण मैले सचिव पदमा उम्मेद्वारी दिएको सबैमा अवगत गराउन चाहन्छु ।

Facebook Comments Box