दमक/ दमक ६ स्थित उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाले यहि १० असोजमा हुने १४ औं बार्षिक साधारण सभामा पेश गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाले ११ करोड भन्दा बढीको वासलातसहितको प्रतिवेदन आज बिहिबार आयोजित कार्यक्रमका बीच सार्वजनिक गरेको हो । संस्थाकी अध्यक्ष चन्द्राकुमारी खडका भटटराईको अध्यक्षतामा संस्थाको कार्यालयमा आयोजित कार्यक्रमका बीच सो प्रतिवेदन सार्वजनिक गरिएको छ । संस्थाकी अध्यक्ष भटटराई, उपाध्यक्षमा रणबहादुर बराईली, सचिवमा विरेन्द्र पोखरेल, सहसचिवमा दिपा अधिकारी, कोषाध्यक्षमा विमला पोखरेल, लेखा सुरपरिवेक्षण समिति संयोजक पर्शुराम रिजाल, कर्जा संयोजक पदम बराल लगायत सञ्चालकहरुले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका संस्थाका व्यवस्थापक प्रेमलाल भण्डारीले जानकारी दिए ।

मुख्य कार्यालय बाहेक गौरादह र केर्खा सेवा केन्द्र मार्फत आफना सदस्यहरुमाझ वित्तिय कारोबार गर्दै आएको सो संस्थाले ७ असोजमा गौरादह र ८ असोजमा केर्खा सेवा केन्द्रमा इकागत साधारण सभा गर्नुका साथै १० गते दमकमा समापन कार्यक्रम गरिने संस्थाका उपाध्यक्ष बराईलीले जानकारी दिए ।

सार्वजनिक भएको प्रतिवेदनमा संस्थामा गत आर्थिक बर्षको बचत ६ करोड ३१ लाख १७ हजार रुपैयाँ र शेयर पुँजी १ करोड ५३ लाख रुपैयाँ पुगेको उल्लेख छ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै समापनका अवसरमा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिने कोषाध्यक्ष पोखरेलले जानकारी दिइन ।

Facebook Comments Box