नेपाल टेलिभिजनबाट जारी रियालिटी शो नेपाल गोल्डेन आईडलको टप १५ मा झापा गौरादह ५ बालुबथानका अस्विन तामाङ् पनि पुगेका छन् ।
सानै देखि गीत संगीतमा क्रियाशिल संघर्षशिल गायकको रुपमा रहेका तामाङ् अर्को चरण पार गर्ने प्रयासमा जुटेका छन् । केहि वर्ष अघि नेपाली चलचित्र गोलमो गीतमा समेत स्वर दिएका २४ वर्षिय तामाङ् गीत संगीतकै क्षेत्रमा आफुलाई स्थापित गर्ने लक्ष्यमा रहेछन् ।
पारिवारी वियोग र आर्थिक संकटबाट गुज्रिदै आएका उनी गुजरा चलानकै लागि २ वर्ष साउदी अरव पनि पुगे । तर आफ्ना सपनाहरुलाई बन्धक बनाएर त्यहि बसि रहन उनी सकेनन् । ८ महिना अघि स्वेदश फर्किएका उनी भन्छन्–‘विदेशको ठाउँ सवै सोचे जस्तो भएन, अब आफ्नै ठाउँमा संघर्ष गर्दै गीत संगीतमा पनि लाग्ने योजना छ ।’

बियोगको सहारा संगीत
अस्विनले विभिन्न पारिवारीक वियोग र उचार चढाव भोगेका छन् । उनी सानै छँदा बुवा आमा सहितको परिवार रोजगारीका लागि भारतमा थियो । तर परिवार बढ्दै गए पछि उनीहरु सवै आफ्नै ठाउँ फर्किए । त्यस बेला बहिनी अपेक्षा भर्खरै जन्मिएकी थिईन् । नेपाल आएको केहि समयमानै आमा राधिकाको हृदयघातका कारण निधन भयो । बुवा जंगबहादुरको पनि दिगो आम्दानीको श्रोत केहि थिएन र छैन पनि ।

डेढ महिनाकी बहिनी र अस्विनले मातृस्नेह पाउन सकेनन् । त्यस पछि उनीहरु मोरङ्को बेलबारी स्थित मावल तर्फ बसोबास गर्न थाले । त्यस पछि दुई वर्ष भाइ अरुणको पनि निधन भयो । यसरी एक पछि अर्को गर्दै बियोगको बज्र सहँदै आएका उनलाई गीत संगीतले सहारा दिएको छ । केहि समययता उनी संगीतको औपचारीक ज्ञान पनि लिई रहेका छन् । गत वैशाखमा ईटहरीमा भएको अडिसनबाट छनौटमा परेका उनले हाल सम्म ५ चरण पार गरि सकेका छन् । बाँकि चरणहरु पूरा गर्दै नेपाली संगीत क्षेत्रमा आफुलाई स्थापित गराउने लक्ष्यमा साथ दिन समेत उनले सवैसँग आग्रह गरेका छन् ।

Facebook Comments Box