दमक/ दमक– ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २३ औ बार्षिक साधारणसभाको अवसर पारेर दुई जना ज्येष्ठ शेयर सदस्यलाई, भूपू सैनिक दुई जनालाई विशेष सम्मानसहित उत्कृष्ट शेयर सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

स्थानीय कस्मिक पार्टी प्यालेसमा प्रमुख अतिथी नराखि फरक शैलीमा आयोजना गरेको साधारण सभामा ज्येष्ठ शेयर सदस्यहरु पुरुष तर्फ ७८ बर्षिय कुल बहादुर राई र महिला तर्फ ७६ बर्षिया भगवती भटटराईलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो । त्यस्तै भूपू सैनिक तर्फबाट भारतीय सैनिकका पदमबहादुर लिम्बू र व्रिटीस सैनिकका पञ्चबहादुर राईलाई सम्मान गरियो । त्यस्तै कक्षा १२ मा उत्कृष्ट श्रेणी हासिल गर्ने रुचा दुलाल र रोमन लिम्बुलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट शेयर सदस्यका रुपमा शारदा लिम्बु, सञ्जय अग्रवाल, अमृता राई लावती, हर्ककुमारी राई, तारानिधि मिश्र, जमुना थापामगर, जोगबहादुर राई लगायत एक दर्जन बढीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कर्मचारीतर्फ बालकुमारी लिम्बूलाई प्रोत्साहन स्वरुप नगद तथा सम्मान पत्रद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धनराज राई, पूर्व अध्यक्ष जितमान राई, सल्लाहकार क्याप्टेन बुद्धिबहादुर राई , सञ्चालक सदस्य एलडी राई, दिपेनवाला राई , सुमित्रा वाङदेल , रुकमान लिम्बू, ऐमानसिंह लावती लगायतले उनीहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।
उदघाटन सत्रमा सञ्चालक समितिका तर्फबाट अध्यक्ष धनराज राई र लेखा समितिका तर्फबाट मणिराज राई र संस्थाका व्यवस्थापक लिला कुमार तुम्वापाले संस्थाको वर्तमान अवस्था, वित्तिय ढाँचा र भावी योजना तथा कार्यक्रमहरु समेत समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । ति प्रतिवेदनहरु बन्द सत्रले सदस्यहरुले राखेका सुझावहरुसहित पारित भएका छन ।
संस्थाका व्यवस्थापक लिलाराज तुम्बापोले संस्थाको आर्थिक कारोवारको वर्तमान अवस्था, भावी कार्य योजनाका बारेमा जानकारी गराउँदै संस्थालाई अव समयसापेक्ष रुपमा लैजान वृहत कार्ययोजना ल्याएको र यसमा सवै शेयर सदस्यहरुलाई साथ दिन आग्रह गरे । संस्थाका सचिव कृष्ण गोलेले सञ्चालन गरेको सभामा सहकारीका सञ्चालक , शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
९९५ जना शेयर सदस्य रहेको सहकारीमा गत वर्षसम्म शेयर पूंजी ४ करोड ६२ लाख २ सय पुगेको छ भने चालुवर्षमा ६ करोड ५० लाख पुरयाँउने लक्ष्य उल्लेख छ । त्यस्तै, शेयर सदस्य समेत विस्तार गरि २२ सय पुरयाँँउने लक्ष्य राखिएको जनाईएको छ ।



