दमक/ दमक ६ स्थित देवदर्शन कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पशुपति सेवा सदनको सभाकक्षमा बिहिबार आयोजित सो साधारण सभाको उदघाटनमा संस्थाका नियमित बाल बचत कर्ता ४० जना बालबालिकालाई पुरस्कृत गरिएको हो ।


संस्थाकी अध्यक्ष संगिता बोहोराको अध्यक्षता र दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यमा भएको सो साधारण सभाले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक जुनु कोइरालाबाट प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
संस्थामा गत आर्थिक बर्षको अन्त्य सम्ममा कूल चुक्ता शेयर पुँजी २ करोड ४५ लादा ८ हजार रुपैयाँ रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले सोही अवधि सम्ममा २८ करोड ५० लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको पनि जनाइएको छ ।

अघिल्लो आर्थिक बर्षमा संस्थाले कर्जा सुरक्षण कोषमा ११ लाख ६० हजार रुपैयाँ राखेको छ । साधारण सभाको उदघाटन कार्यक्रममा प्रमुख अतिथी थापा, दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, एक नम्बर प्रदेश सहकारी संघका उपाध्यक्ष प्रेम कोइराला, जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझा, राष्ट्रिय सहकारी बैंक दमककी प्रवन्धक मुना केसी र दमक नगर कार्यापालिका सदस्य गौतम गुप्ताले शुभकामना मन्तव्य राख्दै सहकारी संस्थाहरुमा आर्थिक अनुशासनको पालनामा जोड दिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक राजकुमार खडकाले गरेका थिए भने स्वागत मन्तव्य इश्वर नेपालले राखेका थिए ।

Facebook Comments Box