दमक/ मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १० मा विभिन्न व्यक्तिहरुको लाखौं रकम ठगी गरेर फरार दुई जना – पति पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । सुकुना टोल खोर्सानेका ५६ बर्षिय राम बहादुरको मात्रै ८२ लाख रुपैयाँसहित विभिन्न व्यक्तिलाई झुक्याई रकम ठगी गरेको आरोपमा सोही ठाउँका ४२ बर्षिय राजु विश्वकर्मा र निजकी श्रीमती ३८ बर्षिया कमला विश्वकर्मालाई पक्राउ गरेको हो ।
विश्वकर्मा दम्पतीले कमला ज्वेलर्स वचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गरेमा १७५ ब्याजदर दिने भनि प्रलोभनमा पारेर ८२,७४,६०२ (बयासी लाख चौरहत्तर हजार छ सय दुई) रकम र अन्य सर्वसाधारणहरू समेतबाट रकम संकलन गरी रकम फिर्ता माग गर्दा बिभिन्न बहाना बनाई ठगी गरेको खुल्न आएको छ । विश्वकर्मा दम्पती गत श्रावण देखि पसल बन्द गरेर फरार रहेकामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी ठगी कसूरमा दिन ५ (पाँच) दिनको म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
