झापा/ निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन(प्याब्सन) दमक समितिले शिक्षाविद् खेमलाल पोखरेललाई सम्मान गरेको छ । प्याब्सनले गरेको २ दिने सांस्कृतिक कार्यक्रमका अबसरमा पोखरेललाई सम्मान गरिएको हो । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले पोखरेललाई सम्मान गरेका थिए । प्याब्सन दमकका अध्यक्ष जर्नादन मैनालीले शिक्षा क्षेत्रमा पोखरेलको योगदानको कदर गर्दै सम्मान गरिएको बताए । ८० वर्षिय पोखरेलले पाँच दशक बढी समय अध्यापनमा बिताएका छन् । उनी प्याब्सन झापाको समेत संस्थापक रहेका छन् । पोखरेल दमकमा रहेको मेची आवासीय माविका समेत संस्थापक हुन् । २ दिन सम्म हुने सांस्कृतिक कार्यक्रममा दमकका ४० वटा नीजि विद्यालय सहभागी छन् ।

Facebook Comments Box