दमक/ दमक ८ स्थित झापा मोडल अंग्रेजी मावि ( जेम्स) ले आफनो बार्षिक क्यालेण्डर अनुसार खेलकुद सप्ताह शुरु गरेको छ ।
बिद्यालय परिसरमा आयोजित भव्य कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सप्ताहको बुधबार उदघाटन गरेका छन । सो अवसरमा बिद्यालयका बिद्यार्थीहरु आवद्ध राष्ट्रिय सेवा दल र स्काउटले नगर प्रमुख थापालाई सलामी अर्पण गरेको थियो । स्काउट र सेवा दलले मार्चपाससहित स्वागत गरेका थिए ।


नगर प्रमुख थापाले दिपसहित राष्ट्रिय झण्डाको झण्डोत्तलन र बिद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले बिद्यालयको झण्डोत्तलन गर्दै खेलकुद सप्ताह उदघाटनको घोषणा गरेका थिए । उदघाटन कार्यक्रममा बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले स्वागत गर्दै बिद्यार्थीहरुलाई नियमित पठनपाठनका अतिरिक्त खेलकुदमा समेत अघि बढाउने योजनासहित दुई बर्षयता नियमित रुपमा खेलकुद सप्ताह सञ्चालन गरिआएको उल्लेख गरे ।
उदघाटन कार्यक्रममा नगर प्रमुख थापासहित दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल – दिपेश) दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल), रोटरी क्लब अफ दमकका अध्यक्ष भरत चौंलागाइँ, दमक जेसीजका अध्यक्ष सञ्जिब बराल, पूर्व अध्यक्ष भिमराज चम्लागाइँ लगायतको विशेष आतिथ्य रहेको थियो ।
पाँच दिन सम्म सञ्चालन हुने सो सप्ताह अन्तर्गत खेलकुदका विभिन्न बिधामा अन्तरसदनात्मक प्रतियोगिता सञ्चालन हुने प्रिन्सिपल श्रेष्ठले बताइन । सप्ताह अन्तर्गत फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, फुटसल, टेवलटेनिस, ब्याडमिन्टन, चेस लगायतका खेलको प्रतियोगिता सञ्चालन हुने बिद्यालयले जनाएको छ ।

Facebook Comments Box